+
+

केन्यासँगको अन्तिम एक दिवसीय क्रिकेटमा नेपाल बलिङ गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २० गते १२:०९

२० भदौ, काठमाडौं । तेस्रो एक दिवसीय क्रिकेटमा नेपालले केन्याविरुद्ध बलिङ गर्दैछ ।

नैरोवीस्थित जिमखाना मैदानमा केन्याले टस जितेपछि नेपालले बलिङको निम्तो पाएको हो । अघिल्ला दुई खेल जितेर शृंखला आफ्नो पक्षमा पारिसकेको नेपालले आज टिममा एक जना परिवर्तन गरेको छ ।

तीव्र बलर करण केसीको स्थानमा किशोर महतोलाई टिममा राखिएको छ । नेपालले पहिलो एक दिवसीयमा ७ विकेट र दोस्रोमा १७ रनको जित निकालेको थियो ।

सन्दीप लामिछाने क्यारेवियन प्रिमियर लिग खेल्न गएपछि नेपाल टिमको कप्तानी रोहितकुमार पौडेलले गरिरहेका छन् । त्यसअघि पाँच टी-२० अन्तर्राष्ट्रिय शृंखला नेपालले ३-२ ले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?