+
+

२६ भाग पुगेको अवसरमा ‘कमेडी क्लब विथ च्याम्पियन’ले केक काटेर बाँड्यो खुसी

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २० गते १२:१९

काठमाडौं । नेपाल टेलिभिजन र ओएसआर डिजिटल युट्युब च्यानलबाट प्रसारण भइरहेको ‘कमेडी क्लब विथ च्याम्पियन’ले २६ भाग पूरा गरेको छ । यस अवसरमा शोको टिमले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केक काटेर खुसीयाली बाँडेको छ ।

शोका निर्देशक विशाल भण्डारीले सुरुमा कार्यक्रमलाई अगाडि बढाउन केही गाह्रो भए पनि अहिले दर्शकको माया पाउँदा खुसी लागेको बताए । सुरुवातमा युट्युबमै भ्युज नपाउँदा समस्या भए पनि अहिले हरेक शो १० लाख भन्दा बढी पटक युट्युबमा हेरिंदा खुसी लागेको उनको भनाइ छ ।

कलाकार दीपकराज गिरीले शोको पहिलो भाग र अहिलेका भागको तुलना गर्दा धेरै फरक आफूले पाएको बताए । शोमा सहभागी नयाँ प्रतिभाहरुको प्रगति देखेर आफूलाई खुसी लागेको उनले बताए ।

शोकी ‘अध्यक्ष’ दीपाश्री निरौलाले पनि नयाँ पुस्ताले कमेडीलाई नयाँ तरिकाले अगाडि बढाएको बताइन् । उनले ‘कमेडी विथ च्याम्पियनमा काम गर्दा पारिवारिक वातावरणमा रमाइलो शैलीमा काम गर्ने गरेको बताइन् ।

शोमा सुमन कार्की, कैलाश कार्की, पवन भट्टराई, उषा रजक, उमेश राई, साजन श्रेष्ठ, विक्की अग्रवाल र मेक्सम गौडेलले प्रस्तुति दिंदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?