+
+

आरजुलाई खुसी पार्ने राजदूत काइदा, तीज सकिएको पाँच दिनपछि दूतावासमा दर

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २० गते १३:२३

२० भदौ, काठमाडौं । पञ्चाङ्ग पात्रोमा तीज सकिएको त अघिल्लो मंगलबार हो । तर प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा टोकियाे पुगेको क्षणलाई जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी (दुबसु) ले मानमनितोमा कुनै कसर बाँकी छाडेनन् । यस्सै स्वागत गरेको भए पनि भइहाल्थ्यो । तर उनले हिजो आइतबार दर खुवाउने कार्यक्रम राखेर आरजुलाई प्रमुख अतिथि बनाए ।

तीज अघिल्लै साता सकिए पनि आरजुलाई दुबसुले पाँच दिनपछि तीजको दर खुवाएका थिए । फेसबुकमा तीजका फोटो राख्दै आरजुले दुबसु र पत्नी पुनमलाई धन्यवाद दिएकी छन् ।

‘जापानमा अवस्थित नेपालका राजदूत श्री दुर्गाबहादुर सुवेदीज्यू तथा श्रीमती पुनम सुवेदीज्यूद्वारा तीजको अवसरमा आयोजित नेपाली चेली–बुहारीहरुको कार्यक्रममा प्रमुख अतिथिको रूपमा सरिक हुन पाउँदा खुशी लाग्यो’, उनले लेखेकी छन् ।

आरजु नेपाल वायुसेवा निगमबाट नारिता गएकी  थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?