+
+

सिंगापुरमा ह्वावेको नयाँ ‘टेक टु बिल्ड योर करियर’ सेमिनार

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २० गते १३:४१

काठमाडौं । आईसीटी प्रदायक ह्वावेले सिंगापुरमा ‘सिड्स फर द फ्युचर’ ११ औं संस्करणको आयोजना गरेको छ । कार्यक्रमको संयोजनमा पहिलो पटक ह्वावेले सिंगापुर युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड डिजाइनमा टेक टु बिल्ड योर करियर सेमिनार पनि डेब्यु गरेको जनाएको छ । सहभागीहरूलाई प्राविधिक करियरको भविष्यबारे जान्न र उद्यमशीलतालाई बढावा दिन कार्यक्रमले सघाउने विश्वास कम्पनीको छ ।

सिंगापुरमा २९ अगस्टदेखि २ सेप्टेम्बरसम्म सञ्चालन भएको सेमिनार ‘सिड्स फर द फ्युचर’ एक्सेलेरेटर क्याम्पका लागि मुख्य कम्पोनेन्ट भएको जनाएको छ । सिड्स फर द फ्युचर सन् २००८ देखि ह्वावेबाट सञ्चालित ग्लोबल फ्ल्यागसीप ‘सीएसआर’ परियोजना रहेको जनाइएको छ ।

प्राविधिक इनोभेसन र क्रस–कल्चरल एक्सचेन्जको माध्यमबाट अर्को पुस्ताको लिडरहरूलाई प्रेरित गर्ने उद्देश्यका साथ १४ वर्षमा १३७ देश र क्षेत्रहरूबाट १२ हजार भन्दा बढी विद्यार्थीहरूलाई कार्यक्रममा भाग लिन आकर्षित गरेको कम्पनीको भनाइ छ । २०२२ मा ह्वावेले सिंगापुरमा सिड्स फर द फ्युचर कार्यक्रम अन्तर्गत कुल २०३ सहभागीहरूलाई तालिम दिइसकेको छ ।

ह्वावे एसिया प्यासिफिक सिड्स फर द फ्युचर २०२२ पहिलो पटक १९ अगस्टमा बैंककमा सुरु भएको थियो । ९ दिने डिजिटल बुट क्याम्पमा एसिया प्यासिफिक क्षेत्रका १६ देशका १२० उत्कृष्ट विद्यार्थीहरूले थाइल्याण्डमा क्रस–कल्चरल डिजिटल यात्राको आनन्द लिएको जनाएको छ ।

१२० मध्ये ७ जना नेपाली सहित ३३ जना एक्सेलेरेसन क्याम्पका लागि छनोट भएका थिए । सिंगापुरमा रहँदा उनीहरूले विभिन्न प्राविधिक क्षेत्रका उद्यमी लिडरहरूद्वारा मार्गदर्शन पाउने छन् । जसले उनीहरूलाई आफ्ना विचारको व्यावहारिकता र रियलाइजेसनबारे ध्यान दिन प्रेरित गर्ने जनाएको छ ।

सिड्स फर द फ्युचर कार्यक्रम अन्तर्गत टेक टु बिल्ड योर करियर सेमिनारले अन्य आसियन देशहरूका नेक्स्ट–जेनका लिडरहरूलाई सिंगापुरमा शीर्ष प्रतिभाहरूसँग जोड्ने छ र इनोभेटिभ आइडियाहरू छलफल गर्न, सेयर गर्न र प्रेरित गर्न इकोसिस्टममा उत्कृष्ट सोचहरूलाई एकै ठाउँ ल्याउने ह्वावे इन्टरनेशनलका प्रबन्ध निर्देशक चार्ल्स छेङले उल्लेख गरे ।

‘हामीलाई विश्वास छ कि हाम्रो सामूहिक प्रयासले थप दीगो र प्रगतिशील सिंगापुरमा योगदान पुर्‍याउनेछ र राष्ट्रलाई दीर्घकालीन रूपमा विश्व–स्तरीय प्रतिभा निर्माण गर्न मद्दत गर्नेछ,’ उनले भने ।

टेक टु बिल्ड योर करियर सेमिनार प्रोफेसर लो होङ यी, पिलरका प्रमुख – डेजिग्नेट, एसोसिएट प्रोफेसर र डिजिटल म्यानुफ्याक्चरिङ एण्ड डिजाइन सेन्टरका निर्देशकको उद्घाटन मन्तव्यबाट सुरु भएको थियो ।

ह्वावे एशिया प्यासिफिक सिड्स फर द फ्युचर ‘टीच फोर गुड’ प्रतियोगिताको विजेता टिम सेप्टेम्बरमा सिड्स फर द फ्युचर एसिलिरेटर क्याम्पको अवार्ड समारोहमा घोषणा गरिने जनाएको छ । शीर्ष १० फाइनलमध्ये एकको रूपमा विजेता टिम आगामी जनावरीमा ह्वावे सिड्स फर द फ्युचर ग्लोबल प्रतियोगिताका लागि आफ्नो यात्रा जारी राख्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?