 
																			२० भदौ, काठमाडौं । प्रहरीले टिकटक बनाउने बहाना बनाएर मोटरसाइकल चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगपालिका-१० बस्ने १८ वर्षीय निसान सापकोटा (मुख्य चोर), सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१० कै ३२ वर्षीय रामचन्द्र रावल (ग्यारेज सञ्चालक) र सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिका-४ टाकुरेका ३२ वर्षीय पुरस्कर काफ्ले (पाटपुर्जा खरिद कर्ता) रहेका छन् ।
उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुमाथि आवश्यक कारबाहीको लागि प्रहरी वृत बौद्धले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4