+
+

बेलायती प्रधानमन्त्रीलाई देउवाको बधाई

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २१ गते १२:१८

२१ भदौ, काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायती महिला प्रधानमन्त्री लिज ट्रसलाई बधाई दिएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा प्रधामन्त्री देउवाले बेलायतको प्रधानमन्त्रीमा निर्वाचित भएकोमा ट्रसलाई बधाई दिएका हुन् ।

 

प्रधानमन्त्री देउवाले आफूले कन्जरभेटिभ पार्टीले बनाउने प्रधानमन्त्रीसँग दीर्घकालीन रुपमा सहकार्य गर्न तयार रहेको बताएका छन् । देउवाले भनेका छन्, ‘ नेपाल र बेलायतको सुमधुर सम्बन्ध दीर्घकालसम्‍म कायम राख्‍नको लागि म बेलायत प्रधामन्त्री ट्रुससँग सहकार्य गर्न तत्पर छु।’

४७ वर्षीया लिज ट्रस कन्जर्भेटिभ पार्टीको नेतामा निर्वाचित भएको सोमबार घोषणा गरिएको थियो । दलको नेता बनेसँगै उनी आज बेलायतको प्रधानमन्त्रीमा नियुक्त हुनेछिन्।

निवर्तमान प्रधानमन्त्री बोरिस जोनसोन डाउनिङ स्ट्रिट छाडिसकेका छन् भने महारानी कहाँ राजीनामा दिन पुगेका छन् ।  ट्रसले आज नयाँ प्रधामन्त्रीको रुपमा आफूलाई सहयोग गर्न र नयाँ सरकार बनाउन महारानीलाई जानकारी गराउने बीबीसीले जनाएको छ ।

लिजले अक्सफोर्डबाट अर्थशास्त्र दर्शनजस्ता विषयमा अध्ययन गरेकी छिन् । विश्वविद्यालय पढ्दा बेला उनी लिबरल डेमोक्रयाटिक पार्टीको विद्यार्थी संगठनकी अध्यक्ष बनेकी थिइन् । उनी गाँजा फुकुवा गरिनुपर्ने अभियानमा समेत जोडिएकी थिइन् । त्यसबेला उनी राजतन्त्र बेलायतबाट उखेलिनुपर्ने जस्ता कडा मतहरु पनि पेश गर्थिन् ।

सुरुमा जति कट्टरपन्थी सोच राखे पनि अक्सफोर्ड छाडेसँगै उनले पार्टी पनि छाडिन् । उनी कन्जर्भेटिभ पार्टीतिर लागिन्, जसले उनलाई कालान्तरमा प्रधानमन्त्री बन्ने बाटो खुलायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?