+
+

योगेशको अभाव महसुस गरिरहन्छिन् रामकुमारी

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २१ गते १३:३७

२१ भदौ, काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराई र नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीको दोस्ती लामो र गहिरो छ । योगेशलाई रामकुमारी अभिभावक मान्छिन् ।

बुधबार योगेशलाई जन्म दिनको शुभकामना दिने क्रममा पनि रामकुमारीले त्यो प्रकट गरेकी छिन् । सामाजिक सञ्जालमार्फत जन्म दिनको शुभकामना दिंदै उनले महत्वपूर्ण निर्णय गर्दा योगेशको अभाव महसुस गर्ने गरेको उल्लेख गरेकी छिन् । ‘आफैंले कुनै महत्वपूर्ण निर्णय लिने बेला अभाव महसुस हुने रहेछ दाइ,’ उनले लेखेकी छिन् ।

२०५४ मा एमाले विभाजित भएर नेकपा (माले) बन्दा योगेशसँगै रामकुमारी मालेतिर  लागेकी थिइन् । २०६५ मा भएको अनेरास्ववियुको राष्ट्रिय सम्मेलनमा उनले गोकुल घर्तीलाई पराजित गरेकी थिइन्, जसमा योगेशहरूको महत्वपूर्ण सहयोग थियो ।

तत्कालीन नेकपा कालको संघर्षमा रामकुमारी योगेशहरूसँगै प्रचण्ड-माधव खेमामा उभिएकी थिइन्। अन्तिम समयसम्म नेपाललाई साथ दिएका सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, योगेश भट्टराईलगायतका १० नेताहरू एमाले विभाजनमा भने सहमत भएनन् ।

झाँक्रीले भने नेपाललाई साथ दिइन् । झाँक्री लगायतका तेस्रो पुस्ताका युवाको बलियो आडभरोसाकै कारणले माधव नेपालले एमाले विभाजन गर्ने साहस गरेका थिए ।

आफू निरन्तर संवादमा रहने  र सल्लाह सुझावसमेत लिने भूसाल र भट्टराई लगायतका नेताहरू एमालेमै बस्दा पनि झाँक्रीले एकीकृत समाजवादी रोज्नुलाई कतिपयले बाध्यताको संज्ञा समेत दिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?