+
+

‘प्रेमगीत ३’का नेपाली र हिन्दी भाषाका थप दुई गीत रिलिज

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २१ गते १३:३६

काठमाडौं । असोज ७ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘प्रेमगीत ३’ को नेपाली र हिन्दी संस्करणका थप दुई नयाँ गीत सार्वजनिक भएका छन् ।

हिन्दी संस्करणको ‘तुम प्यार हो’ बोलको रोमान्टिक गीतमा पलक मुछाल र अंकित तिवारीको स्वर छ । कुमारको शब्द रचना र असलम केयीको संगीत छ ।

नेपाली संस्करणको ‘हर युग होस्’ बोलको गीतमा सुगम पोखरेल र अञ्जु पन्तको स्वर, राजेश श्रेष्ठको शब्द र एलिश कार्कीको संगीत छ । हिन्दी र नेपाली दुवै गीतको भिडियो एउटै छ । दुवै रोमान्टिक गीतमा प्रदीप खड्का र क्रिस्टिना गुरुङ फिचर्ड छन् । मनाङमा छायांकन गरिएको चिसोयामको दृश्यमा हिमाली ल्यान्डस्केप मनोहर देखिन्छ ।

दशैं छेकोमा फिल्म नेपाल र भारतसहित अन्य मुलुकमा समेत प्रदर्शन हुँदैछ । सन्तोष सेन र छेतेन गुरुङ निर्देशित फिल्मले राजनीति र प्रेमको रस्साकस्सीको कथा पेश गर्छ ।

प्रेमगीत ३ को गीत ‘हर युग होस्’

प्रेमगीत ३ को हिन्दी गीत ‘तुम प्यार हो’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?