+
+

बन्‍द रहेको रसुवा र तातोपानी नाका खुलाउन सुजाता कोइरालाको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २१ गते १५:४६

२१ भदौ, काठमाडौं । नेपाली कांग्रेसकी सांसद सुजाता कोइरालाले चीनसँगका दुई वटा उत्तरी नाकाको समस्या कूटनीतिक संवादमार्फत समाधान गर्न सरकारसँग माग गरेकी छिन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा समय माग गरेर बोल्दै सांसद कोइरालाले यस्तो माग गरेकी हुन् । उनले चीनसँगका दुई वटा रसुवा र तातोपानी नाका लामो समयदेखि बन्द हुँदा व्यापार, व्यवसाय प्रभावित भएको बताइन् ।

उनले लामो समयसम्म सीमा नाकामा चाडपर्वका लागि भनेर आयात गरिएका सामान रोकिँदा व्यवसायी मर्कामा परेकाले समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद कोइरालाले नाका बन्द हुँदा व्यापारी पीडित भएको र उनीहरू आत्महत्या गर्ने सम्मको अवस्थामा पुगेकाले सो विषयमा कुटनीति पहल गर्न आग्रहसमेत गरिन् ।

सांसद कोइरालाले परराष्ट्रमन्त्री नारायण खड्काको चीन भ्रमणको बारेमा चिनियाँ पक्षबाट जारी भएको विज्ञप्तिमा ग्लोवल सेक्युरिटी इनिसिएटिभमा नेपालको संलग्नताबारे उल्लेख भएको भन्दै त्यसबारे सरकारसँग जवाफ माग गरिन् ।

उनले चिनियाँ राजदूतको पत्रिकामा प्रकाशित लेखमा तथा चिनियाँ उच्च राजनीतिक सल्लाहकारले राष्ट्रिय सभाका अध्यक्षसँग भएको कुराकानीमा पनि उल्लेख गरेको बताइन् ।

सांसद कोइरालाले नेपालको कुनै पनि सेक्युरिटी एलाइन्समा सहभागी हुने नीति विपरीत आएका अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालय मौन बस्न नहुने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?