+
+

कास्की १ मा खगराज, झलक सुवेदीसहित एमालेका १५ आकांक्षी

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २१ गते २१:४५
झलक सुवेदी ।

२१ भदौ, पोखरा । पूर्वमन्त्री खगराज अधिकारी, वाम विश्लेषक झलक सुवेदीसहित १५ आकांक्षी नेकपा एमालेका तर्फबाट कास्की–१ का लागि सिफारिस भएका छन् । क्षेत्र, जिल्ला हुँदै प्रदेश कमिटीमा आइपुगेका नामलाई मंगलबार एमालेको गण्डकी प्रदेश कमिटी बैठकले केन्द्रमा पठाएको हो, जसको पाँचौं नम्बरमा सुवेदीको नाम पनि छ ।

प्रतिनिधिसभाको चुनावका लागि सिफारिस हुनेहरुमा उनी मात्रै भने छैनन् । सिफारिस हुनेको सूचीमा एमालेकै अन्य १४ जना नेताको समेत नाम छ । जसमा खगराज अधिकारी, दिलिप न्यौपाने, बैनबहादुर अधिकारी, कालिदास सुवेदी, पुष्पज्योती ढुंगाना, मनबहादुर गुरुङ, बालसिंह काउछा मगर, हिमालय बख्रेल, पदमप्रसाद पौडेल, मिलन सुबेदी, शंकरनाथ पौडेल, उमा सिंह, रामराज अधिकारी र पुष्प अधिकारी रहेका छन् ।

सुवेदीले अनलाइनखबरसँग कुरा गर्दै एमाले उम्मेदवार बन्न इच्छा गर्नेहरुकाे सूची तयार भएकाे, त्यसमा आफ्नाे नाम पनि सामेल भएकाे बताए । उनी विगतमा एमालेसँगै आबद्ध भएर लामाे समय राजनीति गरेका भए पनि पछिल्लाे समय निस्क्रिय थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?