+
+

साफ यु-१७ च्याम्पियन : नेपालले आज भुटानसँग खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २२ गते ७:३६

२२ भदौ, काठमाडौं । श्रीलंकामा भइरहेको साफ यु-१७ फुटबलमा नेपालले आफ्नो पहिलो खेलमा आज भुटानसँग खेल्दैछ ।

नेपाल र भुटानबीचको खेल कोलम्बोस्थित रेस कोर्स ग्राउण्डमा नेपाली समय अनुसार राति ८ बजे सुरु हुनेछ ।

समूह बी मा भुटान पहिलो खेलमा भारतसँग ३-० ले पराजित भइसकेको छ ।

नेपालले भुटानलाई हराएमा एक खेलअघि नै नेपाल र भारत सेमिफाइनल प्रवेश गर्नेछन् ।

नेपालले शुक्रबार भारतसँग समूहको अन्तिम खेल खेल्नेछ । समूह ए मा बंगलादेश, श्रीलंका र माल्दिभ्स छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?