+
+

दशैं सम्झिंदै हलिउड अभिनेता फ्रिम्यानले लेखे- काठमाडौंमा पाएको माया कहिल्यै बिर्सनेछैन

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २२ गते १३:१४

काठमाडौं । टेलिभिजन शो ‘स्टोरी अफ गड’ छायांकनका लागि हलिउड अभिनेता मोर्गन फ्रिम्यान तीन वर्षअघि नेपालमा थिए । दशैंको बेला आएका उनले न्यानो नेपाली आतिथ्यता ग्रहण गरे ।

तीन वर्षअघिको क्षण सम्झिंदै अभिनेता फ्रिम्यान यतिबेला नोस्टाल्जिक बनेका छन् । नेपाल घुमघामको बेला नेपाली ढाकाटोपी लगाएर फोटो खिचाएको, आतिथ्यता दर्शाएको र पिङ खेलेका तस्वीर सेयर गर्दै उनले मर्मस्पर्शी स्टाटस पनि लेखेका छन् ।

उनी लेख्छन्, ‘दशैंको दुई साता लामो उत्सव नेपालीहरुका आधारभूत मान्यताहरुभन्दा माथि रहेर रुपक र शाब्दिक रुपमा पनि महत्वपूर्ण छ । दशैं खराबीभन्दा माथि राम्रोको विजयभन्दा पनि माथि हो । यसले हामीभित्रका अन्तद्र्वन्द्वलाई स्वीकार्दै र संसारमा असफलतालाई स्वागत गर्न हाम्रो आत्मालाई मुक्त गर्दैछ । स्टोरी अफ गडको छायांकनको क्रममा मेरो काठमाडौं यात्रा र दशैंको परम्परामा पूर्णतया डुब्दा मैले पाएको दयाप्रति म कहिल्यै बिर्सने छैन ।’

नेसनल जोग्राफिकको उक्त शोको छायांकनका लागि फ्रिम्यानसहितको टोली नेपाल हुँदै भारत समेत पुगेको थियो । धर्म, आस्था र भगवानबारे संसारभरका मानिसको धारणा बुझ्नु फ्रिम्यान अभिनित टीभी श्रृंखलाको ध्येय रहेको नेसनल जोग्राफिकले उल्लेख गरेको छ ।

गहकिलो आवाजका कारण चर्चा बटुलेका ८५ वर्षीय अभिनेता फ्रिम्यानले फिल्म ‘इन्भिक्ट्स’मा लोकप्रिय दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेलको भूमिका निर्वाह गरेका थिए । सन् २००४ को फिल्म ‘मिलियन डलर बेबी’बाट उनले सर्पोटिङ एक्टरको रुपमा ओस्कार अवार्ड जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?