+
+

कक्षा १२ को नतिजापछि एनओसी लिनेको संख्या बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २२ गते १४:३१

२२ भदौ, काठमाडौं। कक्षा १२ को नतिजा सार्वजनिक भएपछि वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिने विद्यार्थीको संख्या बढेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा गत शुक्रबार सार्वजनिक गरेको थियो । त्यसयता मात्रै दुई हजार बढी विद्यार्थीले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) जारी भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाले जनाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखा प्रमुख वासुदेव वस्तीले औषतमा दैनिक सात सयले एनओसीका लागि आवेदन दिने गरेको बताए । उनले भने, ‘कक्षा १२ को नतिजा आएपछि औषतमा दैनिक सात सय आवेदन आउन थालेको छ ।’

शुक्रबारदेखि यता दुई हजार १०३ एनओसी जारी भएको छ । शुक्रबार ३२३, आइतबार ५७६, सोमबार ६२५, मंगलबार ५७९ जारी भएको शाखाले जनाएको छ ।

शाखाले अहिले आवेदन तथा आवेदन भेरिफिकेसन अनलाइनमार्फत गर्दै आएको छ । शाखाले आवेदन परेको २४ घण्टाभित्र भेरिफिकेसन गर्ने र भेरिफिकेसन भएको २४ घन्टाभित्र एनओसी जारी गरिरहेको छ ।

कागजात पुगेको खण्डमा आवेदन दिएको ४८ घन्टाभित्र आवेदकले एनओसी प्राप्त गरिरहेका छन् ।

विद्यार्थीहरुले सबैभन्दा बढी जापान त्यसपछि अस्ट्रेलिया, युके, अमेरिका, कोरियालगायत देशका लागि एनओसी लिइरहेको शाखा प्रमुख वस्तीले जानकारी दिए । अहिले १०४ देशका लागि विद्यार्थीहरुले एनओसी लिइरहेको शाखाले जनाएको छ ।

६ महिनाभित्र सबै प्रक्रिया अनलाइन सिस्टमै बनाउने

अहिले आवेदन लिने तथा फेरिफिकेसन गर्ने काम अनलाइन हुन्छ । तर एनओसी लिनको लागि भौतिक उपस्थित हुनुपर्ने अवस्था छ । शाखाले अब पेपरलेस तथा फेसलेस प्रक्रिया मार्फत एनओसी बनाउने तयारी गरिरहेको शाखा प्रमुख वस्तीले बताए ।

उनले भने ‘प्राविधिक समस्या भएन भने अबको ६ महिनामा सबै अनलाइनमार्फत काम हुन्छ । हामी पेपरलेस, फेसलेस बनाउने तयारीमा छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?