+
+

सिट बाँडफाँटको अधुरो प्रतिवेदन बुझाउने तयारी, बाँकी कामको जिम्मा देउवा र प्रचण्डलाई

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २३ गते ७:२७

२३ भदौ, काठमाडौं । सत्ता गठबन्धनका दलहरुले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न बनाएको कार्यदलले आज आफ्नो प्रतिवेदन शीर्ष नेताहरुलाई बुझाउने भएको छ ।

आज बिहान नौ बजे बस्ने कार्यदलको बैठकले प्रतिवेदनलाई अन्तिम रुप दिने र शीर्ष नेताहरुलाई बुझाउने कार्यदलका एक जना सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । ‘प्रतिवेदन तयार पारिसकेका छौं, बिहीबार नै शीर्ष नेताहरुलाई बुझाउँदै’ सञ्चारमन्त्रीसमेत रहेका कार्कीले भने ।

यही साउन २० गते बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो । नेपाली कांग्रेसका पूर्वमहानमन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहेको कार्यदललाई कुन दलले कति सिट लिने भनेर साउन अन्तिम सातासम्म सिफारिस गर्न भनिएको थियो । तर सहमति नजुट्दा निर्धारित समयसीमामा कार्यदलले प्रतिवेदन बुझाउन सकेन ।

स्रोतका अनुसार प्रतिनिधि सभामा कुल १६५ सिटमध्ये बुधबारसम्म ८८ सिटमा मात्र समझदारी जुटेको छ । बाँकी सिटमा सहमति जुटाउने प्रयास आज बिहानको बैठकमा पनि हुने छ । यदि सहमति नजुटे बाँकी कामको जिम्मा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई दिने गरी कार्यदलले प्रतिवेदन बुझाउने तयारी भइरहेको स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?