+
+

लेवान्डोस्कीको कीर्तिमानी ह्याट्रिकमा बार्सिलोना वियजी

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २३ गते ८:४८

२३ भदौ, काठमाडौं । रोबर्ट लेवान्डोस्कीको ह्याट्रिक गरेपछि स्पानिस क्लब बार्सिलोनाले युरोपियन च्याम्पियन्स लिगको बुधबार भिक्टोरिया प्लेजनलाई ५-१ ले पराजित गरेको छ ।

यसै समरमा जर्मन क्लब बायर्न म्युनिख छाडेर क्याटलान पुगेका लेवान्डोस्कीको बार्सिलोनाका लागि यो पहिलो ह्याट्रिक हो । उनले बार्सिलोनाका लागि पछिल्लो ५ खेलमा ८ गोल गरिसकेका छन् ।

समूह सी अन्तर्गत घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा लेवान्डोस्कीले ३४औं, पहिलो हाफको इन्जुरी र ६७औं मिनेटमा गोल गरे ।

३४ वर्षीय लेवान्डोस्कीले तीन फरक क्लबबका लागि च्याम्पियन्स लिगमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बने । उनले यसअघि जर्मनीमा हुँदा बोरुसिया डर्टमण्ड र बायर्नबाट च्याम्पियन्स लिगमा ह्याट्रिक गरिसकेका छन् ।

यस्तै फ्रान्क केस्सीले १३औं र फेरान टोरेसले ७७औं मिनेटमा गोल गरे । प्लेजनका लागि जान साकारले ४४औं मिनेटमा गोल गरे ।

समूह सी कै अर्को खेलमा लेवान्डोस्कीको पूर्व क्लब बायर्नले इटालियन क्लब इन्टर मिलानलाई २-० ले हरायो । बायर्नका लागि लरे सानेले एक गोल गर्दा इन्टर डी एम्ब्रोसिओले आत्मघाती गोल गरे ।

च्याम्पियन्स लिग अन्तर्गत बुधबारकै अन्य खेल अन्तर्गत समूह ए मा नापोलीले लिभरपुललाई ४-१ ले र आयाक्ले रेन्जर्सलाई ४-० ले हराएको छ ।

यस्तै समूह बी मा एट्लेटिको मड्रिडले पोर्टोलाई २-१ ले र क्लब ब्रुगले बायर लेभरकुजनलाई १-० ले पराजित गर्‍यो । समूह डी को खेलमा टोटनहमले मार्सेलाई २–० ले र स्पोर्टिङ सिएफले एनट्राट फ्रांकफर्टलाई ३–० ले हरायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?