+
+

शिव परियारको असंवेदनशील टिप्पणी : बलात्कारलाई व्यवसाय बनाउनेको भण्डाफोर गरौं

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २३ गते १०:२३

काठमाडौं । गायक शिव परियारले पछिल्लो समयका बलात्कारका घटनालाई लिएर आपत्तिजनक प्रतिक्रिया दिएका छन् ।

नेपाल सरकारलाई सम्बोधन गर्दै उनले बलात्कारलाई ‘व्यवसाय बनाउनेहरुको भण्डाफोर’ नगरिए नेपाल बलात्कारीहरुको देश हो’ भन्ने नजिर स्थापित हुने बताएका छन् । ‘कृपया यतिबेला सबै वर्ग, सम्प्रदाय, जात, धर्म र नेपालीहरूले नेपालमा मौलाएको बलात्कार व्यवसायको भण्डाफोर गर्न जरुरी देख्छु,’ उनले फेसबुकमा लेखेका छन् ।

तर स्टाटस पोस्ट गरेको केही मिनेटमै उनले यसलाई हटाएका छन् । यद्यपि सामाजिक सञ्जालमा पोस्टको स्क्रिनसट भाइरल बनिरहेको छ ।

कतिपयले शिवलाई बहिष्कार गर्नुपर्ने भन्दै स्टाटस पनि लेखेका छन् । बलात्कारजस्तो गम्भीर विषयलाई सामान्यीकरण गर्न नहुने धेरैको मत छ । गायक परियार राजनीति र सामाजिक विषयवस्तुमा टिप्पणी व्यक्त गर्ने कलाकारमा पर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?