+
+

भन्सार छलेर ल्याएको एक करोडको चिनी र चामल बरामद

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २३ गते १९:५९

२३ भदौ, बुटवल । रुपन्देहीका दुई स्थानमा भन्सार छलेर ल्याइएको ठूलो परिमाणको चिनी र चामल सहित दुई वटा ट्रक सशस्त्र प्रहरीले बरामद गरेको छ ।

दुई वटा ट्रकमा ल्याइएको ६ सय ३८ बोरा चिनी र सय बोरा चामलसहित २ वटा ट्रक बरामद गरेको सशस्त्र प्रहरी बल नं. २७ गण हेड क्वाटर रुपन्देहीले जनाएको छ ।

ट्रकसहित बरामद सामानको बजार मुल्य १ करोड ३८ हजार ५०० रुपैयाँ रहेको गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमप्रकाश सिग्देलले बताए ।

सिग्देलका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ११ मसिना हुलाकी मार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख ४१२९ नम्वरको ट्रकलाई अन्डर बिलिङ्ग भएको आशंकामा जाँच गर्ने क्रममा भारतबाट भन्सार छली अवैध रुपमा ल्याएको चिनी फेला परेको थियो ।

ट्रकका चालक प्युठानको माण्डवी गाउँपालिका ३ नयाँगाउँका विनोद थापालाई पक्राउ गरेर कारबाहीका लागि राजश्व कार्यालय बुटवलमा पठाइएको सिग्देलले बताए ।

रुपन्देहीकै ओमसतिया गाउँपालिका वडा नं. ४ बसन्तपुरस्थित हुलाकी मार्गबाट भैरहवातर्फ जाँदै गरेको ना ३ ख ६३२७ नम्वरको ट्रकबाट पनि चिनी बरामद भएको सूचना अधिकारी सिग्देलले बताए । उक्त ट्रकका चालक भने फरार भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?