+
+

माध्यमिक तहको विज्ञानमा माग भन्दा ६३ जना कम परीक्षार्थी उतीर्ण

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २३ गते २०:३५

२३ भदौ, काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहको विज्ञान विषयको नतिजा सार्वजनिक गरेको छ ।

नतिजा अनुसार कुल माग संख्या भन्दा ६३ जना कम परीक्षार्थी लिखित परीक्षामा पास भएका छन् । लिखित परीक्षा पास भएका परीक्षार्थीका लागि असोज २९ देखि कात्तिक १ गतेसम्म अन्तर्वार्ता तोकिएको छ ।

बागमतीबाहेक अरु प्रदेशमा मागभन्दा कम परीक्षार्थी अन्र्तवार्तामा छनोट भएका छन् । आयोगको नतिजाअनुसार मधेश प्रदेशमा सबैभन्दा कम परीक्षार्थी अन्र्तवार्तामा छनोट भएका छन् ।

मधेशमा माध्यमिक तहमा विज्ञानका २२ शिक्षक माग गरिएको थियो । तर लिखित परीक्षामा ६ जना मात्र उतीर्ण भएका छन् । यी सबै परीक्षार्थी अन्तर्वार्तामा उतीर्ण भएको अवस्थामा पनि १६ पद भने रिक्त नै रहनेछ । आयोगका अनुसार लिखित परीक्षामा जम्मा ७ जना सहभागी भएका थिए ।

प्रदेश १ को लागि माध्यमिक तहमा विज्ञानका १२८ शिक्षक माग गरिएकामा १०१ जना मात्र अन्तर्वार्ताका लागि छनोट भएका छन् ।

बागमती प्रदेशमा भने ९१ विज्ञान शिक्षक माग गरिएकामा १९६ जना लिखित परीक्षामा सहभागी भएका थिए । जसमध्ये ९६ जनामात्र अन्तर्वार्ताका लागि छनोट भएका छन् ।
गण्डकी प्रदेशको लागि ९८ रिक्त दरबन्दीको लागि १९४ जनाले लिखित परीक्षा दिएका थिए तर अन्तर्वार्ताका लागि ९३ जना छनोट भएका छन् ।

लुम्बिनी प्रदेशको लागि ३३ रिक्त दरबन्दीको लागि ६९ जनाले लिखित परीक्षा दिएका थिए । त्यसमध्ये अन्र्तवार्ताको लागि जम्मा ३२ जना छनोट भएका छन् ।

कर्णाली प्रदेशमा ३५ विज्ञान शिक्षकका लागि भएको लिखित परीक्षामा ४२ जना सहभागी भएका थिए, जसमा २८ जना मात्र अन्तर्वार्ताका लागि छनोट भएका छन् ।

सुदूरपश्चिम प्रदेशको लागि २९ रिक्त दरबन्दीको लागि ४९ जनाले लिखित परीक्षा दिएका थिए । तर २७ जना मात्र अन्तर्वार्ताका लागि छनोट भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?