+
+

नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्छ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २४ गते ११:३५
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड । फाइल तस्वीर

२४ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण हुने विश्वास व्यक्त गरेका छन् ।

दोस्रो पटक पनि पठाइएको विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्ने वा यो विषय अदालत जाने उनले बताए ।

पोखरा विमानस्थलमा आज बिहान आयोजित पत्रकार भेटघाटमा प्रचण्डले भने, ‘राष्ट्रपतिले प्रमाणीकरण नगर्ने सम्भावना पनि छ । प्रमाणीकरण नगरे यो विषय अदालत जाने सम्भावना पनि छ । दोस्रो कुरा, उहाँले राजीनामा दिने विकल्प रहन्छ ।’

राष्ट्रपतिले अघिल्लो पटक नागरिकता विधेयकलाई प्रमाणीकरण नगरी फिर्ता गरेपछि सदनबाट जस्ताको तस्तै पारित गरी प्रमाणीकरणका लागि दोस्रो पटक राष्ट्रपति समक्ष पठाइएको छ ।

राष्ट्रपतिलाई यस्ता विधेयकमा चित्त बुझेन भने एकपटकलाई सदनमा फिर्ता गर्ने संविधानले अधिकार दिएको बताउँदै प्रचण्डले भने, ‘दोस्रोपटक पनि दुबै सदनबाट पारित भएर गएपछि राष्ट्रपतिलाई यताउति गर्ने अधिकार राष्ट्रपतिलाई छैन । प्रमाणीकरण गर्नुहुन्छ भन्नेमा यसपटक हामी आशावादी छौं ।’

यसअघि राष्ट्रपतिलाई भेट्दा उनले यसलाई ठूलै राजनीतिक मुद्दा बनाउने जस्तो देखेको आफूले पाएको प्रचण्डले सुनाए । सोही भेटमा आफूले राजीनामा दिने वा अदालत जाने विकल्पबारे राष्ट्रपतिलाई भनेको प्रचण्डले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?