
२५ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ७४६ परीक्षणमा १६३ जनामा संक्रमण पुष्टि भएको हो ।
एक हजार ७१८ पीसीआर परीक्षणमा ११२ जना र दुई हजार २८ एन्टिजेन परीक्षणमा ५१ जनामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १३० रहेको छ र पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको मृत्यु भएको छैन ।
हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या दुई हजार ४३० रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4