+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

पाडी–बाच्छी हुर्काउने किसानलाई १० हजार पुरस्कार

रासस रासस
२०७९ भदौ २५ गते १६:४९

२५ भदौ, लेखनाथ । कास्की जिल्लालाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ यहाँका नौवटा दुग्ध सहकारीलाई प्रोत्साहन रकम वितरण गरिएको छ ।

उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमअन्तर्गत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले कास्कीका नौवटा दुग्ध सहकारीलाई प्रोत्साहन कार्यक्रमअन्तर्गत रु ४४ लाख ४६ हजार वितरण गरिएको हो । पन्ध्र सहकारीले आवेदन दिएकामा नौवटा दुग्ध सहकारी छनोटमा परेको केन्द्रका प्रमुख केदार पाण्डेले जानकारी दिनुए ।

नौवटा सहकारीले उत्पादन गरेको १७ लाख ७८ हजार लिटर दूधमा प्रतिलिटर दुई रुपैयाँ ५० पैसाका दरले रु ४४ लाख ४६ हजार वितरण गरिएको उनको भनाइ छ ।

त्यसैगरी आर्थिक वर्ष ०७८/७९ मा पाडी–बाच्छी हुर्काउन प्रोत्साहन सहयोग कार्यक्रमअन्तर्गत जिल्लामा रु ४१ लाख वितरण गरिएको उक्त कार्यालयले जनाएको छ ।

पोखरा महानगरपालिकाको ३३ नं वडा र कास्कीको अन्नपूर्ण गाउँपालिकालाई लक्ष्यि गरी कृत्रिम गर्भाधानबाट जन्मिएका उन्नत पाडी–बाच्छी हुर्काउने तीन सय ५५ किसानका चार सय १० वटा पाडी–बाच्छीलाई १० हजारका दरले ४१ लाख रुपैयाँ प्रोत्साहन सहयोग रकम प्रदान गरिएको उक्त कार्यालयका अधिकृत सहदेव पौडेलले बताए ।

पाडी–बाच्छीका लागि पाँच सय किसानले आवेदन दिएकामा तीन सय ५५ किसान छनोटमा परेका थिए । साना व्यावसायिक फार्म स्थापना तथा विस्तारका लागि उक्त कार्यालयले विभिन्न ६४ बाख्रा फार्मलाई ११ लाख सहयोग गरेको र वार्षिक ४३ लाख रुपैयाँ पुर्‍याउने लक्ष्य राखिएको बताइएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?