+
+

लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्याङ्जा २ मा गुरुङ उठ्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २६ गते ११:२०

२६ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले स्याङ्जा २ मा टिकराज गुरुङलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाउने भएको छ ।

लामो समयदेखि शिक्षण पेशामा आवद्ध गुरुङलाई संघीय संसदका लागि उम्मेदवार बनाउन लागिएको छ । प्रतिनिधि सभाका लागि स्याङ्जा २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिन लागेको गुरुङले अनलाइनखबरसँग बताए ।

‘उम्मेदवार स्थानीय तहका आकांक्षीबाट छनोट गर्न पार्टीको पद्धति छ । त्यही विधि अनुसार म उम्मेदवार बनेर प्रचारमा लागेको छु’, गुरुङले भने ।

राजनैतिक यात्रा कसैसँग वदला लिनको लागि नभएर अवस्था वदल्नको लागि भएको उनले बताए । पूर्व सञ्चारकर्मी लामिछानेको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर चुनावी कार्यक्रम गरिरहेको छ । लामिछाने सहितका केन्द्रीय नेताहरु स्याङ्जा २ स्थित वालिङमा गई पार्टीको भेला गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?