+
+

दाङ-२ बाट कृष्णबहादुर महरासहित ३ जना सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २६ गते १४:३०

२६ भदौ, दाङ । नेकपा  माओवादी केन्द्रले प्रतिनिधि सभा निर्वाचनका लागि दाङ क्षेत्र नं. २ बाट पूर्वसभामुख कृष्णबहादुर महरा सहित तीन जनाको नाम सिफारिस गरेको छ ।

नेकपा माओवादी केन्द्र क्षेत्र नं. २ समन्वय समितिको आइतबार बसेको बैठकले महरा, रेखा शर्मा र निर्मल आचार्यलाई प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नं २ बाट सिफारिस गरिएको केन्द्रीय सदस्य हेमराज शर्मा (डायमण्ड)ले जानकारी दिए ।

माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका महरा ०७४ को निर्वाचनमा पनि यही क्षेत्रबाट प्रतिनिधिसभाको उम्मेदवार बनेर विजयी भएका थिए । रेखा शर्मा समानुपातिकबाट सांसद बनेकी थिइन् । आचार्य हाल दाङ जिल्ला इन्चार्जको जिम्मेवारीमा छन् ।

दाङ क्षेत्र नं. २ बाट एमालेका महासचिव शंकर पोखरेलको नाम पनि एकल सिफारिस भएको छ ।

योसँगै निर्वाचनमा पोखरेल र महराबीच कडा प्रतिष्पर्धा हुने आकलन गरिएको छ । ०७४ को चुनावमा भने दुवै जना साझा बाम गठबन्धनका उम्मेदवार बनेर चुनाव लडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?