+
+

गढीमाई मन्दिर परिसरमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २६ गते १९:१८

२६ भदौ, काठमाडौं । डिजिटल सेवालाई बढावा दिने उद्देश्यले माछापुच्छ्रे बैंकले बारास्थित गढीमाई मन्दिर परिसरमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले बाराको पवित्र तीर्थस्थल गढीमाई मन्दिरमा शनिबार औपचारिक कार्यक्रममा आयोजना गरी क्यूआर कोड हस्तान्तरण गरेको हो ।

माछापुच्छ्रे बैंकका अध्यक्ष डा. वीरेन्द्रप्रसाद महतो र महागढीमाई नगरपालिकाका मेयर उपेन्द्रप्रसाद यादवले संयुक्त रुपमा क्यूआर कोड सेवा गढीमाई सञ्चालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साहतेलीलाई हस्तान्तरण गरे ।

यो सेवा सञ्चालनमा आएपछि मन्दिरमा आउने दशनार्थीहरुले क्यूआर कोडबाटै भेटी चढाउन सक्नेछन् ।

कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, नेपाल राष्ट्र बैंक वीरगञ्जका निर्देशक राजनदेव भट्टराई, प्रहरी उपरीक्षक होमेन्द्र बोगटी, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र थापा, माछापुच्छ्रे बैंक सञ्चालक समिति सदस्य जयमुकुन्द खनाल, प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला लगायतको उपस्थिति  थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?