+
+

दोस्रो जीवन्त म्युजिक अवार्डका लागि आवेदन खुला

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २७ गते १६:२२

काठमाडौं । जीवन्त म्युजिक अवार्डको दोस्रो संस्करणका लागि आवेदन खुला गरिएको छ । अग्लेश्वरी हिल्स विकास कोषको आयोजनामा हुने दोस्रो जीवन्त म्युजिक अवार्डका लागि आवेदन खुला गरिएको कोषका अध्यक्ष सिजम सिञ्जालीले जानकारी दिए ।

२०७८ वैशाखदेखि २०७९ भदौ मसान्तसम्म रिलिज भएका गीत-संगीतलाई अवार्डमा समावेश गराइने उनले बताए । अवार्डमा सहभागी हुन चाहने स्रष्टा तथा कलाकारले आगामी कात्तिक १४ गतेसम्म फारम भरिसक्नुपर्नेछ ।

संगीतको प्रवद्र्धनका साथै स्रष्टाको सम्मान र प्रोत्साहनका लागि अवार्ड गरिन लागिएको सिञ्जालीले बताए । अवार्डमा आधुनिक, लोक, पप, लोकदोहोरी, गजल, राष्ट्रिय भाव, भाषाभाषी, भेग विशेष, चलचित्र, पर्वजस्ता विभिन्न विधा समावेश गरिने जनाइएको छ । अवार्डका लागि गायक, गायिका, संगीतकार, गीतकार, संगीत संयोजक, वाद्यवादक, म्युजिक भिडियो निर्देशक, छायांकार, सम्पादक, कोरियोग्राफर, मोडल, ड्रेस डिजाइनर, मेकअप आर्टिष्टजस्ता विविध विधामा अवार्ड प्रदान गरिनेछ ।

आवेदनका लागि अग्लेश्वरी हिल्स्को वेबसाइट र फेसबुक पेज तथा अग्लेश्वरी हिल्सको कार्यालय नयाँ बानेश्वर, थापागाउँबाट फारम भर्न सकिने जनाइएको छ ।

गत वर्ष काठमाडौंको सोल्टी होटलमा अवार्ड समारोह आयोजना गरेको कोषले दोस्रो संस्करण भने विदेशमा गर्ने भएको छ । अवार्ड आयोजना स्थल र मिति भने केही समयपछि सार्वजनिक गर्ने सिञ्जालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?