+
+

भरतबन्धुको ‘नेपाल ईन ईमेजेज’ पुस्तक सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २७ गते १६:४३

२७ भदौ, काठमाडौं। लेखक तथा फोटोग्राफर भरतबन्धु थापाको ‘नेपाल ईन ईमेजेज’ पुस्तक सार्वजनिक भएको छ ।

नेपाल प्रज्ञा-प्रतिष्ठानले प्रकाशन गरेको भरतबन्धुको नेपाल ईन ईमेजेज फोटो पुस्तक सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले एक कार्यक्रमका बीच सार्वजनिक गरेकी हुन् ।

विमोचन कार्यक्रममा बोल्‍दै राष्ट्रपति विद्यादेवी भण्डारीले पुस्तकले देशभित्र तथा विदेशमा नेपाल कला संस्कृति तथा नेपालको भौगोलिक सुन्दरताको विषयमा जानकारी दिने बताइन् । उनले भनिन्, ‘यस पुस्तकले नेपालको पर्यटन तथा संस्कृतिलाई स्वदेश तथा विदेशमाझ पुर्‍याउन मद्दत गर्ने मैले विश्वास लिएकी छु ।’

कार्यक्रममा पर्यटन मन्त्री जीवनराम श्रेष्ठले यस पुस्तकले पर्यटन क्षेत्रमा थप टेवा पुर्‍याउने आफूले विश्‍वास लिएको बताए । उनले भने, ‘यो पुस्तक नेपाल चिनाउने एउटा महत्वपूर्ण आँखीझ्याल हुनेछ र पर्यटन क्षेत्रमा थप टेवा पुर्‍याउनेमा विश्वस्त छु।’

यस्तै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपालका सातै प्रदेशको भौगोलिक सुन्दरता तथा त्यहो वस्तुस्थिति यस किताबमा समेटिएको बताए ।

नेपालको सुदूर पूर्व ओलाङचुङगोलादेखि सुदूरपश्चिमको कालापानीसम्म र उत्तरमा सगरमाथादेखि दक्षिणमा जानकी मन्दिरसम्मका तस्वीरहरु समावेश गरिएको छ भने हिमाल, पहाड, तराई र उपत्यका सबै क्षेत्रका महत्वपूर्ण तस्वीरहरूलाई पुस्तकमा समेटिएको छ ।

नेपालको भौगोलिक सुन्दरता, पुरातात्विक गौरव, ऐतिहासिक गरिमा र धार्मिक तथा पर्यटकीय दृष्टिले उच्च महत्व राख्ने ५ सयभन्दा बढी रंगीन तस्वीरहरू पुस्तकमा समेटिएको लेखक भरतबन्धु थापाले बताए ।

‘सात प्रदेशलाई सात खण्डमा विभाजन गरी प्रत्येक प्रदेशको परिचयसहित प्रदेशलाई चिनाउने धार्मिक, ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक विषयवस्तुको जानकारीसहित तस्वीरहरु समावेश गरेको छु’ उनले भने, ‘ एउटै कृतिमा एकै ठाउँमा बसेर सिंगो देश हेर्न सकिन्छ।’

उनले नेपाल चिन्न चाहनेहरूले एउटै किताबमा यसका प्रमुख दृश्यहरू देखून र प्रमुख विशेषताका बारेमा थाहा पाऊन भन्ने आफ्नो उद्देश्य रहेको बताए

यसअघि भरतबन्धुको पहिलो किताब ‘वाइल्ड वेस्ट नेपाल’ सन् २०१३, सन् २०१९ मा गन्तव्य कर्णाली, सन् २०१९ एक्सपोल फारवेष्ट, सन् २०२० कर्णाली, सन् २०२१ गन्तव्य मध्यपुर, सन् २०२१ तस्बिरमा नेपाल, सन् २०२२ वेस्ट नेपाल, सन् २०२२ मा डेस्टिनेशन मध्यपुर पुस्तक सार्वजनिक भइसकेका छन् ।

हार्ड कभरमा ३३० पृष्ठ रहेको पुस्तकको मूल्य २३९५ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?