+
+

चुनाव प्रचारको १५ दिन जाँडरक्सी बिक्री रोक्ने प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २७ गते १७:२५

२७ भदौ, काठमाडौं । सांसदहरुले प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन प्रचार प्रसारको १५ दिन अवधिमा जाँडरक्सीको सार्वजनिक बिक्री रोक्न प्रस्ताव गरेका छन् ।

४ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभाको चुनावका लागि १५ दिन समय दिने गरी निर्वाचन आयोगले कार्यतालिका तय गरेको छ । सांसदहरुले यो १५ दिन अवधिमा जाँडरक्सी बिक्रीमा रोक लगाउनुपर्ने प्रस्ताव गरेका हुन् ।

सोमबार राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले प्रदेश सभा र प्रतिनिधिसभा सदस्य चुनावको उम्मेदवारमा महिला सहभागिताको विषयमा छलफल गरेको थियो । छलफलका क्रममा नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले भने, प्रचारको १५ दिन मदिरा पुर्णत बन्द गरौं । रक्सी खाएर कुटाकुट मात्रै हुन्छ ।’

नेकपा एमालेका सांसद विमला विकले पनि चुनाव प्रचारको १५ दिन नै मदिरा र मदिराजन्य पदार्थको बेचबिखनमा रोक्ने प्रस्ताव राखिन् । यसो गरे चुनाव प्रचार प्रसार व्यवस्थित हुनुका साथै खर्च पनि घट्ने उनको भनाइ छ ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाका अनुसार निर्वाचन आचारसंहितामा मतदानको तीन दिन अघिदेखि बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म भोजभतेर गर्न पाइदैन । त्यस्तै मदिरा बिक्री वितरण गर्न पनि पाइदैन ।

१५ दिन नै जाँडरक्सी बिक्रीमा रोक लगाउने प्रस्ताव पनि उचित भएको थपलियाले बताए । ‘मदिरा निषेधका लागि १५ दिनको प्रस्ताव आएको छ । मलाई त सधैं बन्द गरिदिए हुन्छ । तर, मदिराप्रेमी महानुभाव रिसाउनु हुन्न भने १५ दिन राखौं’ थपलियाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?