+
+

उम्मेदवार सिफारिस भएपछि कोइरालाले फिर्ता गरे सरकारी गाडी

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २७ गते १७:२९

२७ भदौ, विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले सरकारी गाडी प्रदेशसभा सचिवालयमा बुझाएका छन् ।

सुनसरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार सिफारिस भएपछि उनले को १ झ ६५४ नम्बरको गाडी सोमबार बुझाएका हुन् ।

प्रदेशसभा सचिवालयले संसदीय दलका नेताहरुलाई सरकारी गाडी उपलब्ध गराएको थियो । कोइरालाले निर्वाचनपूर्व समानुपातिक मनोनयनसंगै पद रिक्त हुने विषय बाहिर आएकाले सरकारी सवारी साधन जिम्मा लगाएको जानकारी दिए ।

कोइराला सुनसरीको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभातर्फ प्रत्यक्षमा उम्मेदवार सिफारिस भएका छन् । उनीसँगै सो क्षेत्रबाट संघीय सांसद सीताराम मेहता र केन्द्रीय सदस्य राजीव ढुंगानाको नाम पनि सिफारिस भएको छ । अघिल्लोपटक पार्टीले दिएको जिम्मेवारी कुशलतापूर्वक निभाएको बताउँदै उनले मंसिर ४ गतेको निर्वाचनमा पनि पार्टीले न्याय गर्ने बताए ।

कोइराला २०७४ सालको प्रदेश सभा निर्वाचनमा सुनसरीको क्षेत्र नम्बर २ को ‘ख’ बाट १७ हजार ८ सय ९२ मतसहित विजयी भएका थिए । उनले नेकपा एमालेका रामप्रसाद महतोलाई १ हजार ४ सय १७ मतको अन्तरले पराजित गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?