+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

‘पञ्चा सिंहको स्वेच्छाचारिता र पवन कार्कीको समानान्तर गतिविधि बन्द होस्’

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २७ गते २२:०२

२७ भदौ, काठमाडौं । माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका चार जना उपाध्यक्षहरुले अध्यक्ष पञ्चा सिंहको स्वेच्छाचारिता र पवन कार्कीको समानान्तर गतिविधि बन्द गर्न माग गरेका छन् ।

पञ्चा सिंह नेतृत्वको कार्यसमितिकै उपाध्यक्षहरु इन्द्र भुषाल, मिलन एमसी, लक्ष्मी प्रसाद जोशी र डा. अच्युत प्रसाद भट्टले सोमबार बेलुका संयुक्त विज्ञप्ति निकालेर अध्यक्ष सिंह गुटगत क्रियाकलापमा लागेको भनेर आलोचना गरेका छन् ।

सिंह र कार्कीको गतिविधिले संगठनलाई कोमामा पुर्याएको भन्दै उनीहरुले तत्काल समस्या समाधान गर्न पार्टीको ध्यानाकर्षण गराएका छन् ।

‘पञ्चा सिंहको स्वेच्छाचारिता र पवन कार्की समूहको समानान्तर गतिविधि बन्द गरि वार्ता मार्फत समाधान खोज्न अनुरोध गर्दछौं,’ चार उपाध्यक्षले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘…विवाद तत्काल समाधान गरि आम नेता कार्यकर्ताहरुलाई निर्वाचन तर्फ केन्द्रित गराउनको निम्ति पार्टीको समेत ध्यानाकर्षण गराउन चाहन्छौं ।’

हेर्नुहोस् विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?