+
+

गृह सचिवमा बालुवाटारले रुचाएका विनोदप्रकाश

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २८ गते २०:०२

२८ भदौ, काठमाडौं । सरकारले निर्वाचनको संघारमा गृह मन्त्रालयको सचिव हेरफेर गरेको छ । गृहमा रहेका सचिव टेकनारायण पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पठाइएको छ भने प्रदेश १ का प्रमुख सचिव रहेका विनोदप्रकाश सिंहलाई गृहमा ल्याइएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले पाण्डेकै निरन्तरता चाहेका थिए । तत्कालिन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रहेका पाण्डेलाई खाँणले  नै साउन २०७८ मा गृहमा ल्याएका थिए ।

तर बालुवाटारको जोडबलमा विनोदप्रकाशलाई गृह सचिवमा ल्याइएको मन्त्रालय स्रोतले बताएको छ ।

सिंह ६ असारमा मात्र सचिवमा बढुवा भएका थिए । उनी गृहकै क्याडर हुन् । तर सुदूरपश्चिमका उनलाई बालुवाटारकै जोडबलमा गृहमा ल्याइएको स्रोतको दाबी छ ।

सोमबारकै मन्त्रिपरिषद् बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव तोयम रायलाई वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरेको छ । आपूर्ति मन्त्रालयका गणेश पाण्डे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाइएको छ ।

यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका सचिव रामप्रसाद घिमिरे अख्तियारमा सरुवा भएको एक सचिवले जानकारी दिएका छन् ।

मंगलबार मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा सरकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने सचिव सरुवाबारे केही बताएका थिएनन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?