+
+

सनराइज बैंक र गेट वे पेमेन्ट सर्भिसबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २८ गते १८:१३

काठमाडौं । सनराइज बैंकले आफ्नो सेवा सुविधा विस्तार गर्ने क्रममा युनिफाइड पेमेन्ट इन्टरफेस नेपालसँग अन्तर आवद्धता रहेको गेट वे पेमेन्ट सर्भिस प्रालिसँग सम्झौता गरेको छ ।

मंगलबार सनराइज बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा सनराइज बैंकका नायब महाप्रबन्धक रवीन नेपाल र गेट वे पेमेन्ट सर्भिस प्रालिका प्रमुख कार्यकारी अधिकृत राजेशप्रसाद मानन्धरले सम्झौता पत्र आदानप्रदान गरे ।

सुरक्षित र सजिलो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारोबार गर्न मिल्ने यूपीआई नेपाल प्रणाली सञ्चालनमा ल्याउन यस सहकार्यले महत्वपूर्ण भूमिका निर्वाह गर्ने कम्पनीको भनाइ छ ।

सेवा सुरु भए पश्चात प्रथम चरणमा भारतमा रहेका नेपालीले यूपीआईमार्फत सनराइज बैंकमा रहेको बैंक खातामा सोझै रकमान्तर गर्न सक्ने छन् ।

भारतीय पर्यटकले सनराइज बैंकका मर्चेन्टहरुमा भारतीय बैंक कै एपमार्फत क्यूआर कोड स्क्यान गरी रकम भुक्तानी गर्न सक्नेछन् । यस सेवाले भारतबाट प्राप्तहुने विप्रेषण सेवालाई अझ प्रभावकारी बनाउन मद्दत गर्ने विश्वास बैंकको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?