+
+

ट्वीटरका शेयरधनीले गरे मस्कसँगको सम्झौता अनुमोदन

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २९ गते १०:३७

२९ भदौ, काठमाडौं । ट्वीटरका शेयरधनीहरुले एलन मस्कसँग भएको ४४ अर्ब डलरको सम्झौतालाई अनुमोदन गरेका छन् ।

अमेरिकाको सनफ्रान्सिस्कोमा रहेको मुख्यालयमा भएको कन्फ्रेन्सकलमार्फत भएको सम्मेलनले मस्कसँगको सम्झौतालाई अनुमोदन गरेको हो ।

शेयरधनीले सम्झौता अनुमोदन गरेसँगै अब ट्वीटरले कम्पनी किन्नका लागि मस्कलाई बाध्य बनाउन प्रयास गर्ने छ । त्यसका लागि ट्वीटरले अदालतको ढोकासमेत ढकढक्याउने छ ।

विश्वकै धनी मस्क भने ४४ अर्ब डलरमा ट्वीटर किन्ने सम्झौताबाट पछि हटेका छन् । मस्कले ट्वीटरका फेक तथा स्पाम अकाउन्ट र प्रयोगकर्ताको सुरक्षाका बारेमा आफूलाई गलत जानकारी दिएको बताएउँदै सम्झौता तोडेको बताएका थिए ।

विद्युतीय कार उत्पादक कम्पनी टेस्लाका मालिक मस्क आफैंले ४४ अर्ब डलरमा ट्वीटरको स्वामित्व किन्ने प्रस्ताव गरेका थिए । र त्यस सम्बन्धी सम्झौतासमेत भएको थियो । मस्क सम्झौताबाट पछि हटे पनि ट्वीटरले मस्कले सम्झौता तोड्न नसक्ने बताउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?