+
+

‘प्रेमगीत ३’ अस्ट्रेलियाका सिनेमा घरमा नियमित शोमै प्रदर्शन हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २९ गते १४:४९

काठमाडौं । फिल्म ‘प्रेमगीत ३’ अस्ट्रेलियाका सिनेमा घरमा नियमित शोमै प्रदर्शन हुने भएको छ ।

हिन्दी र नेपाली दुवै भाषामा फिल्म रिलिज हुन लागेको हो । नमस्ते इन्टरटेनमेन्ट एण्ड नमस्ते फिल्म्सका देव कार्कीले फिल्मको दुवै भाषाको प्रदर्शन अधिकार खरिद गरेका हुन् ।

‘नेपाल, भारत र अन्य देशसँगै एकसाथ अस्ट्रेलियाका हरेक सहरमा नियमित रूपमा प्रदर्शन गर्ने तयारीमा छौं,’ कार्कीले भने, ‘जसरी यहाँ हलिउड र बलिउडका फिल्मले नियमित स्क्रिनको मौका पाउँछन् । प्रेमगीत ३ ले पनि त्यसरी नै मौका पाउनेछ ।’

सेप्टेम्बर २३ मा फिल्म त्यहाँ रिलिज हुने भएपछि अस्ट्रेलियास्थित नेपाली फिल्मप्रेमीमा उत्साह थपिएको छ । यसअघि पनि डेढ दर्जन नेपाली फिल्मको राइट खरिद गरेर उनले अस्ट्रेलियामा प्रदर्शन गरिसकेका छन् ।

फिल्मको हिन्दी संस्करणको भारतीय वितरण कम्पनी मधु इन्टरेनमेन्टबाट कार्कीले फिल्म खरिद गरेका हुन् । पछिल्लो समय अस्ट्रेलिया नेपाली फिल्मको आकर्षक बजार बनिरहेको छ । ‘कबड्डी ४’ ले हालै अस्ट्रेलियामा चार करोड रुपैयाँभन्दा बढी रकम कमाइ गरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?