+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

महाअभियोग मुद्दा हो, फैसला हुनैपर्छ : शम्भु थापा

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २९ गते १५:०४

२९ भदौ, काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पूर्वन्यायाधीश समाज र त्यसका पदाधिकारीमाथि प्रयोग गरेको शब्दप्रति खेद व्यक्त गरेका छन् ।

महाअभियोग सिफारिस समितिले त्यो शब्दहरु हटाउने निर्णय गर्नुपर्ने उनको माग छ । पूर्वन्यायाधीश समाजले बुधबार गरेको कार्यक्रममा थापाले भने, ‘जस्ता तुच्छ शब्द प्रयोग गर्नुभयो, त्यसले उहाँको हैसियत के रहेछ भन्ने बुझाउँछ ।’

उनले अगाडि भने, ‘एक दिनमा घुस्याहा बन्न सकिन्छ, तर स्थापित वकिल र निर्भीक न्यायाधीश बन्न समय लाग्छ, तपस्या चाहिन्छ ।’

वरिष्ठ अधिवक्ता थापाले महाअभियोग मुद्दा भएकाले यसको फैसला हुनैपर्ने बताए । संविधानको धारा १०१ मा संघीय संसद भनिएकाले पनि चुनावका लागि प्रतिनिधिसभाको कार्यकाल सकिँदैमा महाअभियोग नसकिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?