२९ भदौ, काठमाडौं । आगामी अक्टोबर १६ देखि अष्ट्रेलियामा सुरु हुने आईसीसी टी-२० विश्वकप क्रिकेटका लागि बंगलादेशको टोली घोषणा भएको छ ।
शकिब अल हसनको कप्तानीमा घोषणा भएको १५ सदस्यीय टोलीमा पूर्व कप्तान मोहमदउल्लाह भने अटाएनन् । अघिल्लो वर्ष युएईमा भएको टी-२० विश्वकपमा मोहमदउल्लाहले नै बंगलादेशको कप्तानी गरेका थिए । तर यस पटक भने उनी टिममै पर्न सकेनन् ।
युएईमा केही दिनअघि सम्पन्न एसिया कपमा टिममा रहेका प्रवेश होसेन इमोन, अनामुल हक, मेहदी हसन र मोहम्मद नइम टिममा परेनन् ।
बंगलादेशको टिम
शकिब अल हसन (कप्तान), सबिर रहमान, मेहिदी हसन मिराज, अफिफ होसेन, मोसादेक होसेन, लिटन दास, यासिर अली, नुरुद्य हसन, मुस्ताफिजुर रहमान, सइफुद्दिन, तस्किन अहमद, एबादोत होसेन, हसन महमुद, नजमुल होसेन, नासुम अहमद
 
                    










 २०७९ भदौ  २९ गते १६:००
                        २०७९ भदौ  २९ गते १६:००                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4