+
+

कांग्रेसको समानुपातिक मापदण्ड : पुराना नदोहोर्‍याउने, स्थानीयमा हारेकालाई नल्याउने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २९ गते १८:३४

२९ भदौ, काठमाडौं । नेपाली कांग्रेसले यसअघि अवसर पाइसकेकालाई पुनः समानुपातिकको बन्दसूचीमा नराख्ने भएको छ ।

सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार बसेको संसदीय समितिको बैठकले समानुपातिक उम्मेदवार छनोटको ४ वटा मापदण्ड तय गरेको छ । जसको दोस्रो बुँदामा भनिएको छ, ‘२०७४ सालको निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिक निर्वाचन प्रणाली तर्फबाट निर्वाचित व्यक्ति पुनः समानुपातिकको उम्मेदवार हुन पाउने छैन ।’

‘यसअघि प्रतिनिधि सभामा समानुपातिक तर्फबाट निर्वाचित भएको व्यक्ति प्रदेश सभामा र प्रदेश सभामा समानुपातिक तर्फबाट निर्वाचित भएको व्यक्ति प्रतिनिधि सभामा समेत समानुपातिकतर्फबाट उम्मेदवार हुन नपाउने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पोडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसको यो मापदण्ड अनुसार अब समानुपातिकका सांसदहरु दोहोरिन पाउने छैनन् । तर समानुपातिक सांसदहरुले प्रत्यक्ष निर्वाचन भने लड्न पाउनेछन् ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कुनै पदमा उम्मेदवार भएको व्यक्ति प्रतिनिधिसभा र प्रदेशसभाको सदस्यमा समानुपातिकतर्फ उम्मेदवार हुन पाउने छैनन् ।

पार्टीको विभिन्न तहबाट भएको सिफारिस, व्यक्तिको योग्यता, नैतिकता, कार्यक्षमता, लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदान, पार्टीको विभिन्न तह र क्षेत्रमा गरेको योगदान र पार्टीलाई लोकप्रिय मत थप गर्न सक्ने आधार हेरेर समानुपातिक उम्मेदवार चयन गर्ने कांग्रेसले बताएको छ ।

कांग्रेसले उम्मेदवार छनोट गर्दा संविधान र कानुनले निर्दिष्ट गरेको जातीय, लैंगिक समावेशिताका साथ भौगोलिक तथा प्रादेशिक सन्तुलन, उमेर समूहको सन्तुलनको समेत ख्याल गर्ने मापदण्ड बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?