+
+

महाअभियोग सिफारिस समितिले बारका दुई पदाधिकारीसहित ७ जनालाई बोलायो

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २९ गते १८:३९

२९ भदौ, काठमाडौं । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले नेपाल बार एशोसिएशनका निवर्तमान दुई पदाधिकारीसहित ७ जना कानून व्यवसायीहरुलाई छलफलका लागि बोलाएको छ ।

महाभियोगमाथि बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले नाम लिएका कानून व्यवसायीहरुलाई समितिले छलफलका लागि डाकेको हो ।

नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार समितिले संस्थागत रुपमा नभई व्यक्तिगत रुपमा कानून व्यवसायीहरुलाई डाकेको छ । समितिले बारका निवर्तमान अध्यक्ष चण्डेश्वर श्रेष्ठ, महासचिव लिलामणि पौड्याल, बारका पूर्व अध्यक्षहरु शम्भु थापा, हरिहर दाहाललाई डाकेको हो ।

त्यसैगरी वरिष्ठ अधिवक्ता एवं पूर्वमहान्याधिवक्ता रमण श्रेष्ठ र सर्वोच्च अदालत बार एशोसिएशनका अध्यक्ष पूर्णमान शाक्यलाई पनि समितिले बोलाएको छ । आफै निवेदन दिएर जबरामाथि जिरह गर्न पाउनुपर्ने माग राखेका अधिवक्ता ओमप्रकाश अर्याललाई पनि समितिले बोलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?