+
+

दार्चुला : बाढी, पहिरोमा बेपत्ता १० जनाको अवस्था अज्ञात, खोजीकार्य जारी

रासस रासस
२०७९ भदौ २९ गते २०:०१

२९ भदौ, काठमाडौं । यही भदौ २४ गते शुक्रबार राति दार्चुलामा बाढी र पहिरोमा परी बेपत्ता भएका १० जनाको अवस्था अझै अज्ञात छ ।

घटना भएको ६ दिनसम्म पनि बाढी पहिरोमा परी बेपत्ता भएकाहरु फेला परेका छैनन् । बेपत्ता भएकाको खोजीकार्यमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले खोजीकार्य जारी नै राखेको भए पनि अहिलेसम्म नभेटिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।

शुक्रबार रातिको अविरल वर्षाले जिल्लाको महाकाली नगरपालिका-३ मा रहेको दशरथ आधारभूत विद्यालयमा पूर्ण क्षति पुर्‍याएको थियो । लास्को खोलाको बाढीले डुङ्री विद्युत्को पावर हाउस, दुई झोलुङ्गे पुल र एक मोटरेबल पुल बगाएको थियो ।

बङ्गाबगरस्थित पार्किङमा राखेका जीप छ, कार एक, ट्र्याक्टर एक, जेसिबी एक गरी जम्मा नौ वटा सवारीसाधन हराएका थिए । त्यस्तै ४२ घरमा पूर्ण क्षति भएको थियो भने नौ वटा घरमा आंशिक क्षति भएको छ ।

बङ्गाबगर र लास्को क्षेत्रका ४० घर अझै पनि उच्च जोखिममा रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक तर्कराज पाण्डेयले जानकारी दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?