
२९ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीमा समानुपातिक निर्वाचन पद्धतिमा एक पटक अवसर पाइसकेकालाई दोहोर्याउन नहुने आवाज उठेको छ ।
अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको संसदीय समितिको बुधबार बसेको बैठकमा एक पटक समानुपातिक पद्धतिबाट सांसद भइसकेकालाई पुनः समानुपातिक पद्धतिमा उम्मेदवार बनाउन नहुने आवाज उठेको हो ।
पार्टीमा लामो योगदान भएको, पार्टी निर्माणमा क्रियाशील रहेका, पार्टीका लागि मत जुटाउन सक्ने, यसअघि अवसर नपाएकाहरुलाई उम्मेदवार बनाउनुपर्ने आवाज उठेको समितिका एक सदस्यले बताए ।
निर्वाचन आयोगले २ र ३ असोजमा समानुपातिक पद्धतितर्फको उम्मेदवारको बन्द सूची बुझाउने कार्यतालिका तय गरेपछि दलहरु उम्मेदवार छनोटका लागि छलफलमा जुटेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4