+
+

‘प्रेमगीत ३’ पाकिस्तानमा पनि, २४ वर्षपछि शिव श्रेष्ठको ‘कमब्याक’

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३० गते १४:५६

काठमाडौं । अभिनेता शिव श्रेष्ठले दुई दर्जन उर्दू भाषाका फिल्ममा काम गरे । तीमध्ये सात फिल्म सुपरहिट भए । पाँच वर्ष लामो करिअरमा श्रेष्ठले पाकिस्तानमा ‘सुपरस्टार’ छवि बनाए ।

‘हम से है जमाना’बाट पाकिस्तानी फिल्ममा डेब्यु गरेका शिवको पछिल्लो फिल्म चाहिं सन् १९९८ को ‘खतरनाक हसिना’ थियो । जमिन आसमान, लावा, टाइडर, चोरौं कि बारात, डिस्को डान्सर र बदला उनका हिट उर्दू फिल्महरु हुन् ।

यहाँ सन्दर्भ उल्लेख गर्न खोजिएको कुरा चाहिं कुनैबेला पाकिस्तानमा समेत सुपरस्टारको इमेज निर्माण गरेका शिव श्रेष्ठको पछिल्लो नेपाली फिल्म ‘प्रेमगीत ३’ पाकिस्तानमा प्रदर्शन हुँदैछ ।

त्यही पाकिस्तान हो जहाँको चम्किलो करिअर छाडेर शिव फिल्म ‘चिनो’ खेल्न नेपाल आइपुगेका थिए ।

श्रेष्ठको प्रमुखमध्येको भूमिका रहेको फिल्म ‘प्रेमगीत ३’ असोज ७ गते नै पाकिस्तानमा रिलिज हुने भएको छ । वाली इन्टरप्राइजेजले उर्दू भाषामा फिल्म रिलिज गर्न लागेको हो । उर्दूमा डबिङ भइकेको छ ।

पाकिस्तानको सेन्सर बोर्डले फिल्मको जाँच गरिसकेको छ । ‘पाकिस्तान रिलिजको खबरले हामीलाई नयाँ बजार खोज्न प्रेरित गरेको छ,’ भारत प्रचार अभियानपछि स्वदेश फर्कन लागेका निर्देशक तथा निर्माता सन्तोष सेनले भने ।

पाकिस्तान भारतीय फिल्मलाई चर्को सेन्सर गर्ने देश हो । त्यहाँ उर्दू र मध्यपूर्वका फिल्म लोकप्रिय मानिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?