+
+

थप १२६ जनामा कोरोना संक्रमण, १३७ जना संक्रमणमुक्त

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३० गते १७:१२

३० भदौ, काठमाडौँ। पछिल्लो २४ घण्टामा थप १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७९० जनाको परीक्षणमा १२६ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६७४ जनाको पीसीआर परीक्षण गर्दा ७५ जना र २ हजार ११६ जनाको एन्टिजेन परीक्षण गर्दा ५१ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार १२९ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३७ जना संक्रमणमुक्त भएका छन् ।

स्वासथ्य मन्त्रालयका अनुसार २ हजार ६२ जना होम आइसोलेसनमा रहेका छन् भने ६७ जना संस्थागत आइसोलेसन र १८ जना आईसीयूमा छन् ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५० हजार ७९९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?