+
+

युक्रेन मामिलामा सन्तुलित अडानका लागि सीप्रति पुटिन कृतज्ञ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३१ गते ७:२५

३१ भदौ, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन मामिलामा सन्तुलित अडानका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङलाई धन्यवाद दिएका छन् ।

उज्बेकिस्तानको समरकन्दमा दुवै देशका राष्ट्रप्रमुखबीच विहीबार भेटवार्ता भएको थियो । बीबीसीका अनुसार युक्रेनमा भएको आक्रमणपछि यी दुई राष्ट्र प्रमुखबीचको यो पहिलो भेट हो ।

भेटको क्रममा पुटिनले ‘एकध्रुवीय संसार बनाउने प्रयास’ को आलोचना गरे। सोही क्रममा जिनपिङले चीन रुससँग ‘महाशक्ति’को रूपमा काम गर्न इच्छुक रहेको बताए ।

पुटिनले के भने ?
चीनद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार पुटिनले भनेका छन्, ‘विश्वभर धेरै परिवर्तनहरू भइरहेका छन्, तर परिवर्तन नभएको एउटा कुरा रुस र चीनबीचको मित्रता हो। रुस र चीनबीचको साझेदारी पहाडजस्तै बलियो छ । रुस र चीन दुवैले समान र राम्रो अन्तर्राष्ट्रिय परिस्थितिको लागि काम गरिरहेका छन् र यो अन्तर्राष्ट्रिय सम्बन्धको लागि उदाहरण हो ।’

रुस एक चीन नीतिको पक्षमा रहेको र चीनको मामिलामा अन्य देशको हस्तक्षेपको निन्दा गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

रुसको आक्रमणलाई चीनले खुलेर समर्थन गरेको छैन तर रुससँगको व्यापार बढेको छ र सम्बन्धमा सुधार आएको छ । पुटिन र जिनपिङले यसअघि बेइजिङमा भएको शीतकालीन ओलम्पिकमा भेटेका थिए ।

चीनले रुससँग संयुक्त सैन्य अभ्यास पनि गरेको छ र रुसले विश्वका अन्य देशमा नाकाबन्दी लगाएपछि चीन रुसको साथमा उभिएको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?