+
+

चोलेन्द्रलाई विगतको बयानमा हस्ताक्षर गराइँदै, प्रतिप्रश्न सोध्ने तयारी स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३१ गते ११:०५

३१ भदौ, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले महाअभियोग सिफारिस समितिमा दिएको बयानमा हस्ताक्षर गराइँदैछ । यससँगै नेकपा एमालेको माग अनुसार पूरक प्रश्न सोध्ने तयारी स्थगित गरिएको छ ।

जबरालाई पूरक प्रश्न सोध्न भन्दै आज बिहान समितिको बैठक बसेको थियो । आज बिहान ९ बजेदेखि नै पूरक प्रश्न गर्ने समिति सचिवालयले जनाएको थियो । सोही अनुसार अगाडि बढ्न खोज्दा ज्येष्ठ सदस्य रामबहादुर विष्टलाई एमाले सांसदहरुले रोकेका थिए ।

सुरुमा विगतमा चोलेन्द्रले दिएको बयानमा समितिले गरेको अभिलेखमा उनलाई हस्ताक्षर गराउनुपर्ने माग एमाले सांसदहरुले राखे । त्यसपछि आवश्यक प्रमाण संकलन गर्नुपर्ने, थप कागजात मगाउनुपर्ने र त्यसपछि मात्र प्रश्नका सूची तयार पारेर पूरक प्रश्न सोध्ने गरी जानु प्रक्रियासंगत हुने माग एमालेले राख्यो । केहीबेर यसैमा छलफल भयो ।

अहिले प्रतिप्रश्न सोध्ने तयारी स्थगित गरेर महाअभियोग सिफारिस समितिले विगतको बयानमा जबरालाई हस्ताक्षर गराउँदैछ । समितिका कर्मचारीहरुले विवरण पढिरहेका छन् भने त्यसमा जबराले आफूले बोलेको हो या होइन भनिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?