+
+

संसदको पाँचवर्षे कार्यकाल अत्यन्तै कमजोर : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३१ गते १९:००

३१ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विकास र सुशासनको दृष्टिले संसदको पाँचवर्षे कार्यकाल राम्रो नभएको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले संसदको पाँचवर्षे कार्यकाल अघिल्लो निर्वाचनपछि अनुमान गरिए अनुरुप नभएको बताए ।

केही नेताको चरम व्यक्तिवाद र अहंकारका कारण मुलुक अन्योलको दिशातर्फ गएको भन्दै उनले भने, ‘विकास र सुशासनको हिसाबले यो पाँच वर्षको कार्यकाल अत्यन्तै कमजोर । अत्यन्तै नराम्रो भन्न सकिन्छ ।’

गठबन्धनमा ६० प्रतिशतभन्दा बढी सिटमा सहमति भइसकेको समेत अध्यक्ष नेपालले जानकारी दिए

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?