 
																			१० मंसिर, काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बीआरआई परियोजना स्वीकार गर्न सुझाव दिएका छन् । बीआरआई नेपालको हितमा रहेको भन्दै उनले यसबाट लाभ लिनुपर्ने बताए ।
चीन भ्रमणका एजेण्डाबारे आज प्रधानमन्त्री ओलीले आयोजना गरेको छलफलमा सहभागी पूर्वप्रधानमन्त्री नेपालले भने, ‘बीआरआई प्रोजेक्ट नेपालको हितको विरुद्धमा छैन । नेपाल जस्तो देशले लाभ लिनुपर्छ ।’
बीआरआईलाई नेपालले पहिले नै स्वीकार गरिसकेको बताउँदै उनले भने, ‘लाभ लिने कुराको सन्दर्भमा हामीले सबैसँग सम्बन्ध राख्ने गर्दछौं, लाभ लिने गरेका छौं । बीआरआईसँग त उहिले नै आबद्ध भइसक्या छौं ।’
यसैगरी एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि चीनबाट ऋण लिन्न भन्नु आवश्यक नरहेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4