+
+

आईएमई पे र गोल्डस्टार जुत्ताबीच छुटसम्बन्धी सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २ गते १७:५८

काठमाडौ‌ं । आईएमई पे र किरण सुजद्वारा निर्मित गोल्डस्टार सुजबीच सम्झौता भएको छ । सम्झौता अनुसार आईएमई पे डिजिटल दशैं-तिहार-२०७९ क्याम्पेनमा गोल्डस्टार जुत्ता साझेदारको रुपमा जोडिएको छ ।

गोल्डस्टार जुत्ताले आईएमई पेलाई यस ४६ दिने क्याम्पेन अवधिभर हरेक दिन १ जोडी गोल्डस्टार जुत्ता प्रदान गर्ने छ । साथै, प्रयोगकर्ताहरुले आईएमई पे एप मार्फत गोल्डस्टार जुत्ताको आधिकारिक वेबसाइटमा जुत्ता खरिद गर्दा फ्लाट २० प्रतिशत क्यासब्याक पनि प्राप्त गर्ने गरी व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

आईएमई पेको दशैं क्याम्पेनमा हरेक दिन १ भाग्यशाली विजेताले रिडिमेबल भौचर कोड पाउने कम्पनीले जनाएको छ । सो कोड प्रयोग गरी विजेताहरुले गोल्डस्टार जुत्ताको आधिकारिक वेबसाइटमा निःशुल्क जुत्ता प्राप्त गर्न सक्नेछन् भने विजेताहरुले डेलिभरी चार्ज भने स्वयंले नै तिर्नु पर्ने शर्त राखिएको कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?