+
+

नवौं राष्ट्रिय खेलकुदको ट्रफी लुम्बिनीमा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २ गते २०:२३

२ असोज, काठमाडौं । असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको ट्रफी बुद्ध जन्मस्थल लुम्बिनी पुर्‍याइएको छ ।

सातै प्रदेशमा हुने ट्रफी टुर अन्तर्गत राष्ट्रिय खेलकुद ट्रफी सोमबार लुम्बिनी पुर्‍याइएको छ । ट्रफीलाई बुटवलस्थित एन्फा टेक्निकल सेन्टरमा पनि राखिएको थियो ।

सुदूरपश्चिम प्रदेशपछि ट्रफीलाई लुम्बिनी प्रदेश पुर्‍याइएको हो ।

ट्रफी टुरमा ओलम्पिक दीपक विष्ट, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, नेपाली राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाही र विश्वचर्तित अल्ट्रा रनर मिरा राई सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?