+
+

टुकुचा खोल्न उत्खनन जारी

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३ गते १४:१८

३ असोज, काठमाडौं । उच्च अदालत पाटनको अन्तरकालीन आदेशको दिएपनि काठमाडौं महानगरपालिकाले टुकुचा (इक्षुमती) खोला उत्खननलाई जारी नै राखेको छ ।

महानगर नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार सोमबार बिहानैदेखि पुतलीसडक-हात्तीसार-कमलादी क्षेत्रमा टुकुचा खोला उत्खनन भइरहेको छ । उनका अनुसार पक्की संरचना नभई खुला क्षेत्र र कम्पाउन्डभित्रका क्षेत्रभित्र मात्रै उत्खनन हुनेछ ।

प्रेसिडेन्ट ट्राभल्स एण्ड टुर्स प्रालिको तर्फबाट भोलाविक्रम थापासमेतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश दीपेन्ऽबहादुर बमको इजलासले टुकुचा खोला मिचेर बनाएको संरचना तत्काल नभत्काउन आइतबार अन्तरकालीन आदेश जारी भएको थियो ।

काठमाडौं महानगरपालिका अनुसार भूमिगत भएको क्षेत्रको सुरुवात बिन्दु नारायणहिटी दरबारको दक्षिण तर्फको कम्पाउन्ड (जय नेपाल हल अगाडि) र अन्तिम बिन्दु पुतलीसडकको काठमाडौं प्लाजा छेउ हो ।

महानगरले यसअघि नै टुकुचा भूमिगत भएको सुरुवाती बिन्दु र अन्तिम बिन्दु उत्खनन गरिसकेको छ । यस्तै बीचको अन्य स्थानमा पनि खोला देखिने गरी उत्खनन भइरहेको महानगर प्रहरीले जनाएको छ ।
टुकुचा कहिलेदेखि भूमिगत भयो भन्ने यकिन तथ्यांक अहिलेसम्म सरकारले सार्वजनिक गर्न सकेको छैन । तर, राणाकालीन समयमा भूमिगत गरेको देखिने टुकुचा खोला ई्रटाको ढ्वाङ बनाएर बगाइएको देखिन्छ ।

इतिहास र विभिन्न अध्ययनका प्रतिवेदनहरु अनुसार टुकुचा काठमाडौं महानगरभित्र उत्पत्ति भएर महानगरमै अन्त्य हुने ५ किलोमिटर लामो खोला हो । टुकुचामा माथिल्लो तटीय क्षेत्रमा ३ मिटरदेखि तलको क्षेत्रमा तल्लो तटीय क्षेत्रमा ८ मिटरसम्म फराकिलो बहाब क्षेत्र छ । तर, खोलाका विभिन्न भागमा मापदण्डविपरीत नक्सा मिचेर घर, टहरा र संरचनाहरु बनाइएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?