+
+

हुण्डाइको ‘आयोनिक ५’मा किन तानिंदैछन् ईभीका ग्राहक ?

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३ गते १७:०८

काठमाडौं । नेपालको बाटो सुहाउँदो इलेक्ट्रिक गाडी किन्ने सोचमा हुनुहुन्छ ? त्यसो हो भने तपाईंले एकपटक नजर लगाउनै पर्ने गाडी हो, कोरियाली ब्राण्ड हुण्डाइको ‘आयोनिक ५’ ।

कम्पनीका अनुसार कार्यदक्षता, प्रविधि, क्षमता र नवीन आविष्कार (इनोभेसन) को संयोजन हो ‘आयोनिक ५’ । हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका मार्केटिङ म्यानजेर सन्दीप शर्माका अनुसार आयोनिक ५ले अत्याधुनिक ड्राइभिङ र आरामदायी यात्राको अनुभवको प्याकेज नै दिन्छ ।

नेपाली बाटोमैत्री विद्युतीय गाडी भएकाले धेरै ग्राहकले यो गाडीलाई रुचाएको शर्मा बताउँछन् । आयोनिक ५को प्रभावशाली डिजाइन, बनोट, कमान्डिङ ड्राइभिङ पोजिसन र गज्जबको भित्री साजसज्जासहित वातावरणमैत्री फिचरले हुण्डाईको विद्युतीय गाडीको फिलोसपीलाई नै नयाँ उचाइमा लगेको छ ।

यो गाडी ठूलो, शक्तिशाली, सुरक्षा र अत्याधुनिक प्रविधिले भरिएको छ । यो हेर्दा आकर्षक मात्रै छैन,सुविधा सम्पन्न आरामदायी र सुरक्षित सुविधाहरु पनि छन् ।

कम्पनीले यो गाडीको डिजाइन लोभलाग्दो किसिमले गरेको छ । यसको बनोटले धेरैले प्रभावित गर्नसक्छ । यो जताबाट हेर्दा पनि सफा र उत्कृष्ट देखिन्छ ।

इलेक्टि्रक ग्लोबल मोडुलर प्लाटर्फम (ई-जीएमपी) ले विभिन्न भागहरू मोड्युलराइज गर्छ । यसले भित्री ठाउँलाई विस्तारित गर्न मद्दत गरेको छ । कम्पनीका अनुसार आयोनिक ५ यातायातको साधान नभई यात्रुको जीवनशैली परिवर्तन गर्न सघाउने माध्यम पनि बन्ने कम्पनीको दाबी छ ।

आयोनिक ५ हुण्डाइको प्यारामेट्रिक डिजाइन डीएनए परिभाषित ‘आइकन’ नै हो । ‘हुन्डाई पोनी’को डिजाइनको झल्को दिने कार पनि हो । आयोनिक ५को डिजाइनले हुण्डाईको झण्डै ५ दशकको यात्रालाई हाइलाइट गर्ने कम्पनीको दाबी छ ।

प्यारामेटि्रक पिक्सेलको जोडले यसको भिजुअल पहिचानलाई प्रतिनिधित्व गरेको छ । आयोनिक ५को आकर्षक बाहिरी डिजाइन सफा छ । जिओमेट्रिक डिजाइन फिलोसोपिको बनोटले यसलाई परिष्कृत लुक दिएको छ । हुन्डाईका डिजाइनरहरूले अगाडि र पछाडि दुवैतिर अत्याधुनिक प्यारामेटि्रक पिक्सेल लाइटहरू एकीकृत गरेर यसलाई दामी बनाउन प्रयत्न गरेका छन् ।

आयोनिक ५मा २६५ प्यारामेट्रिक पिक्सेलको साथ विशिष्ट एलईडी हेडल्याम्पहरू छन्, यसलाई कम्पनीले आयोनिक ५को ‘ताज’ भनेको छ । यसमा पानोरोमिक ‘मुन -भिजन) रुफ’ छ । मुन रुफले भित्री भागको खुलापनलाई थप बढाएको महसुस गराउँछ ।

पछाडि इनोभेटिभ एलईडी लाइट डिजाइन छ । अद्वितीय रुपमा रियर लाइटहरूलाई हाइलाइट गरिएको छ । फ्लस डोर ह्यान्डल, एक्टिभ एयर इन्टेक लगायतका विशेषताले गाडी सुसज्जित छ ।

अरुलाई पनि सहयोगी

यो गाडी अरु विद्युतीय पूर्वाधारका लागि पनि सहयोगी छ । आयोनिक ५ चार्ज गर्न मिल्ने पूर्वाधारहरूलाई सर्पोट गर्न सक्छ । यो बहु-चार्जिङ प्रणाली विश्वको पहिलो पेटेन्ट गरिएको प्रविधि हो, जसले स्थिर चार्जिङ अनुकूलताका लागि १६ एम्पिएर बराबरको पावर आउटपुट दिन्छ ।

यसमा प्रयोग भएको इनोभेटिभ भीटूएल फंग्सनले ग्राहकहरूलाई कुनै पनि विद्युतीय उपकरणहरुमा चार्जर प्रयोग गर्न अनुमति दिन्छ । जस्तै इलेक्टि्रक साइकल, स्कूटर वा अन्य उपकरणहरूमा चार्जरको रूपमा काम गर्नसक्छ ।

चार्जिङको यो सुविधा चार्जिङ पोर्टबाटै दिन सकिन्छ । गाडी अन हुँदा यसलाई सक्रिय गर्न सकिन्छ । इन-कार चार्जिङको साथ ग्राहकले उच्च स्तरको सुविधाको अनुभव गर्न सक्ने कम्पनीले जनाएको छ ।

आरामदायी गाडी, सफा इन्टेरियर

बाहिरजस्तै भित्री रूपमा पनि ‘आयोनिक ५’ मनमोहक र सुविधाजनक छ । अगाडि दुईवटा पूर्ण आरामदायी स्लिम सिटहरू छन् । यसमा प्रिमियम खालको आनन्द लिन सकिन्छ ।

यसको पछाडिको सिटमा बस्ने यात्रुहरूलाई पनि धेरै सहज छ । पछाडिको सिटहरू म्यानुअल रूपमा अगाडि-पछाडि गर्न सकिन्छ । स्लाइडिङ कन्सोल पनि १४० मिलिमिटरसम्म पछाडि र अगाडि गर्न सकिन्छ ।

गाडीमा रहेको स्लीक मोड्युलर ड्यासबोर्डमा दुईवटा एकीकृत डिस्प्लेहरू छन् । १२.२५ इन्च फुल टच इन्फोटेनमेन्ट स्त्रिmन र १२.२५ इन्च डिजिटल क्लस्टर उच्च प्राविधिक लुकको लागि सहयोगी बनेका छन् । यो ड्यासबोर्डले गाडीको गतिशीलता र नवीनतालाई बढावा दिएको छ ।

इन्टिग्रेटेड डिस्प्ले, स्लाइडिङ ग्लोब बक्स, कोलम टाइप सिफ्ट बाइ वायर जस्ता सुविधा पनि गाडीका लागि विशेष हुन् ।

आयोनिक ५ मा वातावरणमैत्री सामग्री र प्रकृति-प्रेरित रंगहरू पाउन सकिन्छ । गाडीका ड्यासबोर्ड, स्विचहरू, स्टेयरिङ हि्वल र ढोका तथा प्यानलहरूमा बायो पेन्ट प्रयोग गरिएको छ ।

सिट, हेडलाइनिङ र कार्पेट कपडामा उखु र मकैबाट निकालिएका बायो कम्पोनेन्टहरू छन्, भित्री भागमा प्रयोग गरिएको छालालाई फ्ल्याक्स सीड तेल प्रयोग गरेर रंगाइन्छ ।

पुनःचक्रण गरिएका विभिन्न वस्तुहरुलाई नै गाडीको इन्टेरियर सजाउन प्रयोग गरिएको छ । यसले गाडीलाई वातावरणमैत्री बनाउन र प्रयोगकर्तालाई आफ्नो वातावरण संरक्षणको प्रतिवद्धतालाई बलियो बनाउन थप सहयोग पुर्‍याउँछ ।

शक्तिशाली गाडी

यो गाडी निकै शक्तिशाली छ । ५८.९ किलोवाट आवरको मोटरले अधिकतम् १२५ किलोवाट आरपीएम शक्तिका साथ ३५० एनएम टर्क उत्सर्जन गर्छ ।

३५० किलोवाट डीसी चार्जरको साथ आयोनिक ५ ले १८ मिनेटमा १० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सक्छ । यो गाडीले स्पोर्टी एक्सेलेरेसन प्रदान गर्छ । उत्कृष्ट ड्राइभिङ गतिशीलता पनि दिन्छ ।

कम्पनीका अनुसार गाडी १८५ किलोमिटर प्रघिण्टाको उच्च गति दिनसक्छ । अत्याधुनिक स्मार्ट टेकको साथ आएको आयोनिक ५ले रियर हृवील ड्राइभ र लामो दूरीको ब्याट्रीले एक पटकको चार्जमा ३७५ किलोमिटरसम्मको रेन्ज दिन्छ ।

यसको ‘रिजेनेरसन फिचर्स’मा तीन मोड हुन्छन् । गुड्दा गुड्दै गाडी चार्ज गर्ने सुविधा छ ।

सुविधै सुविधा

यसमा विभिन्न सुरक्षा सुविधाहरू पनि छन् । यसमा आरामदायी मल्टी लिंक सस्पेन्सन सिस्टम छ । लामो हि्वलबेस, अधिकतम स्पेस, र ब्याट्री सुरक्षा लगायतका फिचर पनि यो गाडीमा छ ।

एपल कार प्ले, एन्ड्रोइड अटोको सुविधा छ । वायरलेस फोन चार्जिङ सुविधा छ । ५२७ लिटरको बुट क्षमता छ । पर्याप्त पावर आउटलेट र युएसबी सपोर्ट सिस्टम पनि जोडिएका छन् ।

रेन सेन्सिङ वाइपर, पावर टेल गेट, ब्ल्याइड स्पट भ्यु मनिटर, भ्वाइस रिकग्निसन भेहिकल कन्ट्रोल लगायतका विशेषताले गाडी सुसज्जित छ ।

आयोनिक ५ ले वर्ल्ड कार अफ द इयर २०२२ को उपाधि पाएको थियो ।साथै विभिन्न ६ वटा विधाहरूमध्ये तीन विधामा विजेता समेत बनेको थियो । फरक डिजाइन र पर्फमेन्सका लागि प्रशंसित यो इलेक्ट्रिक कारले वर्षको विश्व इलेक्ट्रिक भेहिकल, वर्ल्ड कार डिजाइन अफ द इयर अवार्ड पनि हात पारेको थियो ।

‘अनेकन विशेषताका कारण यो विद्युतीय गाडी खोज्नेहरुको पहिलो रोजाइ बन्दै छ,’ लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका मार्केटिङ म्यानजेर शर्मा भन्छन्,’आयोनिक ५ले नेपाली बजारमा आफ्नो प्रभावशाली छाप छोडिसकेको छ ।’

यो कारको मूल्य १ करोड १६ लाख ९६ हजार रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?