
काठमाडौं । सानिमा बैंकले ग्राहकहरुको सुविधाका लागि क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ ।
उक्त मेसिनबाट ग्राहकहरु आफैंले नै खातामा रकम जम्मा गर्न सक्ने बैंकले जनाएको छ । यस सुविधाबाट ग्राहकहरुलाई काउन्टरमा लाइन बस्न पर्ने झन्झटबाट मुक्त तथा समयको बचत हुने बैंकले विश्वास लिएको छ ।
हाल उक्त मेसिनबाट ग्राहकहरुले ५०० र १००० दरका १ लाख रुपैयाँ भन्दा कम नेपाली नोट रकम जम्मा गर्न सक्नेछन् । हालयो सुविधा बैंकको केन्द्रीय कार्यालय, नक्सालबाट प्राप्त हुनेछ ।
सानिमा बैंकको देशभर १२७ कार्यालयहरु र १२० वटा एटीएम सञ्जालहरु सञ्चालनमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4